संखुवासभा-
जिल्लाको दक्षिणी गाविस सिद्धकाली- ४ मा अवस्थीत तिर्थस्थल सिद्धकाली
मन्दीरमा बालाचर्तुदशी मेलाको अवसरमा धर्मलम्वी र भक्तजनको भिड लागेको छ ।
प्राचिन काल देखी नै यस मन्दीरमा बालाचर्तुदशीको अवसरमा भव्य मेला लाग्ने
गरॆको छ । भने यस मन्दीरमा धर्मलम्वी र भक्तजनको मेला भर्नेको हजारौ हजार
उपस्थिति रहेको छ । हरेका वर्ष लाग्ने बालाचर्तुदशीको मेलाका अवसरमा मृतका
नाममा आ-आफ्ना सन्ततिले सतविउ राखी रात भरी जागराम वसी भजनकृतन गरी विहान
सिद्धकाली मन्दीरमा पुजा गरी संंगै रहेको कैलास डाडामा गई मृतकको नाममा
सतवीउ छर्ने गर्दछन् । बालाचर्तुदशीको मेला भर्न र मन्दीरको दर्शन गर्न
जिल्ला भरिका भक्तजनहरु र छिमेकी जिल्ला धनकुटा तेह्रथुम ताप्लेजुङ्ग
लागएतका जिल्ला वाट मेला भर्न र मन्दीको दर्शन गर्न हजारौ हजार भक्तजनहरु
आउने गरेको पाईन्छ ।
मन्दीर परिसरमा भक्तजनहरु भजनकृतन गर्नेहरुको पनि उतीकै भिड लाग्ने गर्दछ
। यस वर्ष मेला व्यवस्थीत गर्न र भक्तजनहरुलाई थप मनोरन्जन दिनका लागि
भजनकृतन लोकगित प्रतियोगीता विभिन्न सांगितीक कार्यक्रम आयोजना गरीएको
मेला ःव्यवस्थापन समितीे बताउछ ।
यसरी विभिन्न मनोराजनका कार्यक्रम भएकोले होला यस मेलामा रौनक छाएको एक
भक्तजनले वताए भने गत वर्ष भन्दा यस वर्ष मेलामा भक्तजनको उपस्थिति बढि
रहेको मन्दिरका पुजारी बताउछ । सिद्धकाली मेला संगै नुनढाकी गाविसमा रहेको
तिर्थस्थल तातोपानीमा समेत तातोपानी मेला लाग्ने गर्दछ । यता छिमेकी
जिल्ला भोजपुरको उत्तरी क्षेत्रमा रहेको बालागुरुषडान्दाको मन्दिरमा पनि
बालाचर्तुदशी मेला लाग्ने गरेको छ । यस मेलामा सोलुखुम्वु खोदाङ्ग सुनसरी
धनकुटा संखुवासभा जिल्लावाट मेला भर्न आउने गरेको पाईन्छ । सिद्धकाली
मेलामा यस वर्ष जिल्ला जनस्वास्थ्य कार्यलयको आयोजनामा स्वास्थ्य सम्वन्धि
विभिन्न प्रदर्शनी समेत राखीएको र विभिन्न सरुवा रोगको औषधी समेत वितरण
गरिएको जनस्वास्थ्य स्रोतले जनाएको छ ।
Saturday, December 18, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment