विषयसूची
१ जिल्लाको नामाकरण
२ जिल्लाको ऐतिहासिक पृष्ठभूभि
३ भौगोलिक अबस्था
४ प्रमुख नदी, ताल, तलैया
५ प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र
६ व्यापारिक महत्वका स्थानहरु
७ दुर्लभ जीवजन्तुहरु
८ राजनीतिक विभाजन
९ यो पनि हेर्नुहोस्
जिल्लाको नामाकरण
यस जिल्लाको नाम पश्चिमबाट बहने संखुवाखोला र बीचभागबाट बहने सभाखोलाको सन्धि गरी संखुवासभा जिल्ला रहन गएको हो । शुरुमा यी दुई खोला बीचमा पर्ने भू-भागलाई संखुवासभा भनिने गरिन्थ्यो । तिथिमिति एकिन नभएपनि प्रशासनिक हेरफेरले गर्दा निकै समय पछिमात्र हालको संखुवासभा जिल्लाको स्वरुप निर्धारण भएको हो ।
जिल्लाको ऐतिहासिक पृष्ठभूभि वैदिक कालदेखि नै संखुवासभा जिल्लाको महत्व रहदै आएको छ । सो समयमा शिवपार्वतीको कि्रडास्थल मानिने शिवधारा वेदव्यासले भगवान शिवशंकरसंगको प्रार्थनापछि सिद्दिविनायक गौरीपुत्र गणेशको सहयोगमा पोखरीको बीचमा वेदिको निर्माण गरी वेदको लेखन गरेको स्थान सभापोखरी स्वस्थानी व्रतकथामा वर्णित सतीदेवीको देब्रे आँखा पतन भएको स्थान सिद्धकाली जस्ता पौराणिक महत्व भएको स्थलहरुले सोको प्रमाणित गर्दछ ।
एकिकरण पूर्व तीन राज्यमा विभाजित किराँत राज्यमा संखुवासभा जिल्ला पल्लो किराँत अन्तरगत पर्दथ्यो । किराँत कालमा यस जिल्लाका विभिन्न स्थानहरुमा गढि गोला कोट आदि भएको तथ्य हाल सो अनुसार रहेको गाँउहरुको नामाकरण (हटियागोला गढि बजार लोहाकोट आदि) ले पुष्टि गर्दछन् । जस अनुसार गढि तथा कोटमा शासकहरुको दरवार हुने गर्दथ्यो भने गोलामा त्यस ताकाको अन्नपानी तथा हातहतियारको भण्डार रहने गर्दथ्यो । हाल जिल्ला प्रहरी कार्यालय रहेको स्थान जसलाई ढोलबाजे गढि भनिन्थ्यो तथा हाल हेलिप्याड रहेको स्थान सम्याउने कार्य गर्दा फेला परेका चिल्ला वुट्टेदार तथा बलिया ईट्टाहरु त्रिशुल तीर तरवार खुँडा आदिले परापूर्वकालमा उक्त स्थानमा कुनै ठूलो दरवार रहेको तथ्यलाई पुष्टि गर्दछन् । यस्ता गढि गोला तथा कोतहरुमा हेदाङ्गना गढि चैनपुर गोला हटियागोला कोतडाँडा (हाल हिमालय मा.वि. भएको स्थान वानेश्वर गढि आदि प्रसिद्ध रहेका थिए ।
नेपाल राज्यको एकिकरणका क्रममा वि. सं १८३१ वैसाखमा चैनपुरको दक्षिणी भागमा रघुराना लिम्वूको नेतृत्वमा गोर्खाली सेनाहरु र किराँत राज्यका कांगेसोरेको नेतृत्वमा युद्ध भएको प्राप्त तथ्यहरुले यस क्षेत्रको एकिकरण त्यस समय पश्चात भएको पाईन्छ । राणाकालमा यो क्षेत्र धनकुटा गौंडा वडाहाकिमको प्रशासनिक क्षेत्र तथा चैनपुरका न्यायिक क्षेत्रभित्र पर्दथ्यो । त्यसताकाका वस्तीहरुलाई थुम भनिने गरिन्थ्यो र यो जिल्ला भित्र पनि विभिन्न थुमहरु दशमजिया (मादिविर्ता) पाचँ मजिया (खराङ्ग) देखि लिङलिङ दशथर थुम (चैनपुर देखि पोखरीबजार) त्यस्तै पाँच खपन थुम, सभा उत्तर थुम, संखुवा उत्तर थुम आदि पर्दथे ।
[परिवर्तन्]भौगोलिक अबस्था
अक्षांश:- २७’ ०६” देखि २७’ ५५” उत्तर
देशान्तर:- ८६’ ५७” देखि ८७’ ४०” पूर्व
सिमाना:- पुर्वमा ताप्लेजुङ्ग, तेह्रथुम,पश्चिममा संखुवासभा र सोलुखुम्बु,उत्तरमा चीनको तिब्बत, दक्षिणमा धनकुटा र संखुवासभा
क्षेत्रफल ३४६८.१७ वर्ग कि.मि.
औसत लम्बाइ:- .... उत्तर– दक्षिण
औसत चौडाइ:- ..... पूर्व– पश्चिम
भौगोलिक बिभाजन हिमाली क्षेत्र
सवभन्दा अग्लो स्थान:- ८,४६३ मिटर (मकालु हिमाल, विश्वको पाँचौं सर्बोच्च शिखर)
सवभन्दा होचो स्थान:- ४५७ मिटर (अरुण उपत्यका, संसारको सबैभन्दा होचो उपत्यका)
सदरमुकाम:- खाँदबारी
प्रमुख नदी, ताल, तलैया
अरुणनदी, बरुण हिमनदी संखुवाखोला, सभाखोला, पिलुवाखोला, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा,कासुवा, सिसुवाखोला, सभापोखरी, गुफापोखरी, सिद्धपोखरी, पोप्तीपोखरी लालपोखरी मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी, मुलुङ्गपोखरी, छावापोखरी आदि ।
[परिवर्तन्]प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र
मनकामना, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ, शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा मकालु प्रथम (८४६३ मी.), मकालु दोस्रो (७६७८ मी.), वरुनत्से (७१२९ मी.), चाम्लाङ्ग (७३१९ मी.), हिमचुली (६४२४ मी.), कुम्भकर्ण (७१२९ मी.), मकालु बरुण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका,मिल्के डाडाँ आदि ।
व्यापारिक महत्वका स्थानहरु
खाँदबारी, तुम्लिङ्टार, बैरेनी, चैनपुर, खराङ, त्रिबेणीबजार (बाह्रबिसे , जलजला, सित्तलपाटी, मादिओखरबोटे, आँखिभूईं, सिसुवाटार, सेदुवा मकालु, मुढेशनिश्चरे, किमाथान्का, गुफापोखरी आदि ।
दुर्लभ जीवजन्तुहरु
रुखभालु, पाण्डा, ओत, हिमभालु, हिमचितुवा, बाघ, घोरल, झारल, मृग, चित्तल, हरिण, खरायो, काँडे भ्याकुर, झिंगे फिस्टो, पखेंटे भ्याकुरो आदि ।
Saturday, December 18, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment