Thursday, November 19, 2009

Rural Tourism


Nepal where major chunk of area is occupied by villages has tremendous potential in rural tourism. Its main aim is to link Village Development and Sustainable Tourism through the generation of income, employment and local markets for agricultural products and handicrafts. Other objectives include the provision of incentives for forestation and nature conservation and the creation of a global family through the encounter between rural Nepalese people and foreign tourists during village home stays, resulting in mutual understanding and learning. The main target group of the program is women who will be the main beneficiaries due to new income opportunities. It is a rural enterprise owned and operated by the local people. It is a group activity, and benefits are shared among as many villages and individuals as possible. "Village Trek", visits to indigenous people are the activities, which will make tourists, experience rural life and Nepalese hospitality off the beaten path with all the beautiful scenery and cultural diversity of Nepal . Accommodation is in individual guestrooms with host families or, in between villages, in tents. During the trekking, meals are prepared by a professional team. In the villages, the visitors can try a delicious, hygienically prepared Nepali "Daalbhaat" consisting of locally produced rice, lentils and garden-fresh, organically grown vegetables. The guestrooms are simple, but clean and cozy.

रेजिनाको चुनौती रञ्जनालाई

'आफ्नो हैसियत नै नहेरीकन अरूलाई गाली गर्दा वा तथानाम भन्दा भोलि मुख देखाउने लाज मर्नुपर्ने अवस्था पनि आउन सक्छ,' यो आक्रोश हो नायिका रेजिना उपे्रतीको। उनको यो आक्रोश लक्ष्यित थियो अर्की नायिका रञ्जना शर्मा भट्टराईमाथि। एक टेलिभिजनको चलचित्रसम्बन्धी कार्यक्रममा रञ्जनाले 'मलाई रेजिनाको अनुहार नै मन पर्दैन' भनेर भनेपछि यतिबेला रेजिना रञ्जनासँग रुष्ट छिन्। 'मैले रञ्जनालाई त्यस्तो के गरेकी छु र मप्रति दुराग्रह राखेकी उनले,' रेजिना थप्छिन्, 'अरूलाई मन नपराउनेले पहिले आफ्नो अनुहार ऐनामा हेर्नुपर्‍यो र पहिले आफ्नै मूल्याङ्कन गर्नुपर्‍यो।' हालसम्म ६० भन्दा बढी सिनेमामा काम गरिसकेकी रेजिनाले केवल तीनवटा सिनेमामा काम गरेकी रञ्जनाले आफूलाई त्यसो भनेकोमा हाँसो उठेको कुरा बताएकी छिन्। 'रञ्जनाको हैसियत नै पुगेको छैन उनले मेरो मूल्याङ्कन गर्न। केवल श्रीमान्को फिल्म खेलेकी, तै पनि फ्लप। तिनले कसरी आँट गरिन् मेरो मूल्याङ्कन गर्न?,' रेजिनाको प्रश्न छ। तर, यो विषयमा भने रञ्जना खासै बोल्न चाहिनन्। 'मैले यो कुराले यस्तो उग्ररूप लिन्छ भन्ने बुझेकी भए त्यो कार्यक्रममा म यस्तो कुरा बोल्दिनथेँ,' रञ्जनाको सटिक जवाफ छ।

तमु झण्डा फहराउन सगरमाथा आरोहण

विश्वको सर्वोच्च शिखर सगरमाथामा गुरुङ (तमु) राष्ट्रिय परिषद्को झण्डा फहराइने भएको छ। टीकाराम गुरुङले गुरुङ जातिको हितका निमित्त सगरमाथा आरोहण गरी झण्डा फहराउने दृढता व्यक्त गर्नुभयो।
गुरुङ (तमु) राष्ट्रिय परिषद्का सदस्य तथा सङ्खुवासभा तमु समाज सेवाका अध्यक्षसमेत रहनुभएका गुरुङले विसं. २०५१ देखि विभिन्न समयमा विभिन्न मुलुकमा पर्वतारोहण र आरोहण तालिम लिइसक्नुभएको छ।
उहाँले हालसम्म १९ पटक पर्वतारोहण गरिसक्नुभएको छ। छ हजार १६९ मिटरदेखि विश्वकै दोस्रो स्थानमा रहेको पर्वत के-२ (८,६११ मिटर) को शिखरसमेत आरोहण गर्नुभएको थियो।
आरोही गुरुङले आगामी वैशाखाको पहिलो सातादेखि सगरमाथा आरोहण प्रारम्भ गर्ने जानकारी पनि दिनुभयो। सो शिखर आरोहणका लागि रु.२० लाख १५ हजार खर्च लाग्ने बताइएको छ।
गुरुङ (तमु) राष्ट्रिय परिषद्का अध्यक्ष डा.गणेशमान गुरुङले आरोही गुरुङलाई बधाई तथा शुभकामना दिनुभएको थियो। सगरमाथा आरोहणका लागि विभिन्न २४ सङ्घसंस्थाको सहयोग प्राप्त हुने कार्यक्रममा बताइयो।

पोकली झरनाको पर्यटकीय महत्व


ओखलढुङ्गा मात्र नभए नेपालकै दोश्रो अग्लो धार्मिक र पर्यटकीय महत्व बोकेको चर्चित पोकली झर्ना यही जिल्लामा पर्छ, १३१ मिटर अग्लो यो झर्ना बाहेक रातमाटे (१११ मि।) पनि यही जिल्लामा पर्छ। अन्य झर्नामा सेप्ली ढिकुरे सेर्ना, सेलेले र न्याउले जस्ता अन्य झर्नाहरु पनि पर्छन, तर पोकली झर्नाको आफ्नै विशेष खालको एतिहासिक महत्व छ। पोकली झर्नाको बारेमा धेरै कुराहरु सञ्चारमाध्यममा आएका छन्। तर, जति प्रचार गरिएको यो कदापी पुरा हुन सक्दैन। यसबारेमा तल उल्लेख गरिन्छ। नेपालका प्रमुखझर्ना हरु माथि उल्लेखित झरनाहरुमध्ये अहिलेसम्म सबै भन्दा बढी पत्र पत्रिकामा छाएको भनेको पोकली झरना हो। पोकली झरनासग मेरो वाल्यकालदेखिको सम्बन्ध छ। केही साथिहरुको पहलमा ओखलदुङा ड्ट ओराजी नामक सामाजिक संस्था दर्ता गरी काम गर्दैछौ हुन त ओखलढुगां भित्र गाविसको भन्दा सामाजिक संस्था (एन्जिओको) संख्या बढी छ । अन्तराष्टिय गैर सरकारी संस्था (आइएनजीओ) १० वटा अन्य जिल्लामा दर्ता भई ओखलढुङ्गामा कार्यरत एनजिओ ९ वटा र जिल्ला प्रशासन कार्यालय ओखलङ्ढुगा दर्ता भई क्रियाशील संस्था ६८ वटा छन्। यो २०५९/६० को राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको तथ्याङ्क हो। कुल ५६ गाविस रहेको ओखलङ्ढुगाका ४० वटा गाविसमा आज पनि बाटो छैन पक्की त परै जउा कच्चि समेत पुगेको छैन। जिल्ला स्वास्थ्य कार्यालयमा एकजना डाक्टरको दरवन्दी छ। अनमी १५ र स्वस्थ्य सहायकको संख्या ४८ छ। तै पनि अधिकंस यिनिहरु सदरमुकाम वा सुविधा पाइने ठाउमा मात्र बसेका छन्। मनोरम प्राकृतिक सौन्दर्य, ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक मठमन्दिर, प्राकृतिक गुफा, जडीबुटी, २० थरिका गुरास, गोठ सल्ला, ग्रामीण जलविद्युत्को सम्भावना प्रसस्तै छ ओखलढुङ्गा पोकलीमा तर त्यसको सही सदुपयोग भने भएको छैन । राज्यले उपेक्षा गरेको वर्ग, क्षेत्र, जाति र लिङ्गको पक्षमा थालिने अर्को सङ्घर्षले मात्र ओखलढुङ्गालगायत सबैका समस्या समाधान हुनेमा स्थानीय बासिको निष्कर्ष छ, यो कुरा वर्तमान सरकारले बुझ्नैपर्छ ।पोकली झरना आन्तरिक र वाह्य पर्यटकहरुका लागि चासोको विषय बन्ने छ। यस्तै वडा नं। ३ को तल्लो भाग खडुवा भन्ने ठाउ मा रहको ढुङ्गा स्लटे खानीबाट उत्पादित स्लटे लाई अवलोकन र अनुसन्धन पर्यटकको लागि महत्वको विषय हो। पोकली झरनाको आकर्षकअवलोकन गर्न नचाहने साहेहै कम होलान। तर सो क्षेत्रमा पुग्न चहाने मानिस कसले पुर्‍याउने कसरी जान सकिन्छ भन्ने अन्यायमा पनि अवश्य परेका छन्। पोकली झरनाको अवलोकन गर्न चाहाने आन्तरिक र वाह्य पयर्टकहरुले काठमाण्डौबाट खिम्ती व्याँसी धोबीडाडा लिखु सिरेरेसम्म सडक मार्गबाटबसमा जान सकिन्छ। यस्तै काठमाण्डौबाट जीरीको सडक प्रयोग गदै भित्तरीखानी, साव्रा दुरागाउ दुवै पोकली झरना पुग्न सकिन्छ। रामेछापको मन्थली, साघाटार लिखु सिरिसे टारकेर बारी हुदै पोकली झरनामा पुग्न सकिन्छ। यस्तै सदरमुकामबाट पनि पोकली झरना पुग्न सकिन्छ। सदरमुकामबाट रामपुर, सोलाखर्क, श्री चौर चेटेट कोप्चेम महभिर चुलिपोखरी, बलखु, वाच्यूको पैदल यात्रा हुदै पोकली झरना पुग्न सकिन्छ। सदरमुकामबाट अर्को पदैल मागर् भएर पनि पोकली झरना पुग्न सकिन्छ। सो मार्ग सदरमुकामबाट फलूबारी, रानीवन, नर्मदेश्वर जोडी डाडा यसमा गजाङ्ग टारकेरवारी हुदै पनि पोकली झरनामा पुग्न सकिन्छ। पोकली झरनाको दृश्य अवलोकन गर्न छिमेकी जिल्ला सोलुखुम्बुबाट पनि पैदल यात्रा भएर जान सकिन्छ। सोलुखुम्बुबाट रावादाले , खिजीफलाटे, रगनी, जिम्पाखा हुदै पोकली झरनामा पुग्न सकिन्छ।यसै क्षेत्रमा रहेका दुग्धेश्वर र नीलकण्ठेश्वर महादेव,चण्डीदेवी, चुलीदेवी हिरामातादेवी आदि देव दवेताको दशर्न गदै ऐतिकासिक र प्रकृतिक तथ्य बारे जानकारी लिनु पने ठाउ हो पोकली झरनाको अवलोकन गर्न चाहाने आन्तरि नेपालमा बग्ने पोकली छागा जस्तै अरु छागा पर्यटन विकासका दरीलो हागा हुनेमा दुईमत छैन.

ओखलढुङ्गामा आजबाट पोकली झर्ना महोत्सव सुरु

५ हजार भन्दा बढी दर्शक आउने अनुमान गरिएको पोकली झरना महोत्सव २०६६ आजदेखी ओखलढुङ्गामा सुरुहुदैछ । दोश्रो पटक हुन लागेको महोत्सवका सवै तयारी सकिएको महोत्सव आयोजक समितिले जनएको छ। महोत्सवमा ३० वटा स्टलहरु रखिएका छन भने अघिल्लो वर्षको भन्दा व्यवस्थित बनाइएको महोत्सव आयोजक समितिले जनएको छ । साथै अघिल्लो बर्षमा पर्यटकले झरनामात्रै देख्न पाएकोमा यो पटक झरनासंगै पोखरी पनि हेर्न पाउनेछन । तयारीका लागि मात्र ७ लाख खर्च भएको आयोजक समितिले जानएको छ।

विविधताको सम्मिश्रण चितनको पर्यटन


नेपालको तेस्रो प्रमुख पर्यटकीय क्षेत्रको रुपमा परिचित चितवन जिल्लाको पर्यटन अन्य ठाउँको भन्दा भिन्न रहेको छ । ऐतिहासिक, धार्मिक महत्वका स्थान, प्राकृतिक दृश्यावलोकन, जंगल सफारी, सांस्कृतिक रहनसहन, कृषिमा आधारित पर्यटन चितवनको प्रमुख आकर्षण हुन् ।
समुद्री सतहदेखि एक सय ४१ मिटरदेखि एक हजार नौ सय ४५ मिटरसम्मको उचाइमा रहेका चितवन जिल्ला जैविक विविधताका दृष्टिले पनि अनुपम संरचना मानिन्छ ।
प्रायः नेपालका सबै जिल्लाबाट बसाइसराइ गरी आउने सबै जातजातिका बासिन्दाको बसोबास रेहेको चिवतन जिल्ला सबै जातको साझा फूलवारीजस्तो विविधतापूर्ण रहेको छ । ७६ औं जिल्लाको रुपमा परिचित यस जिल्ला उच्चपहाडी शृंखलाबाट तराइ क्षेत्रको अवलोकन, पूर्व लंगुर हिमालदेखि पश्चिम धवलागिरी हिमशृंखलासम्मको अवलोकन, दुर्लभ जडीबुटी, चराको अवलोकन, आदिवासी जनजातिमध्ये अति सिमान्तकृत वर्गमा पर्ने चेपाङ, सांस्कृतिक रुपले धनी आदिवासी थारु जातिको संस्कृति, धार्मिकस्थलहरु यस जिल्लाका प्रमुख पर्यटक आकर्षण हुन् । प्रकृत्तिदत्त संरचनाको धनी यस क्षेत्रमा प्रकृतिले दिएका वरदारको अलवा मानव निर्मित ऐतिहासिक धरोहरहरु पनि पर्यटक आकर्षण केन्द्र बनेका छन् ।
चित्रसेन मन्दिर रत्ननगर नगरपालिका-५ गौठोली बुढी राप्तीको किनारामा अवस्थित धार्मिक एवं ऐतिहासिक स्थल हो, चित्रसेन मन्दिर । ऐतिहासिक किंवदन्तीअनुसार चित्रसेनको राजधानीको नाम परापूर्वकालमा चित्रवन थियो र सोही नामबाट नै जिल्लाको नाम चितवन रहन गएको हो । चितवनका मन्दिरहरुमध्ये चित्रसेन मन्दिर प्राचीन मन्दिरको रुपमा मानिन्छ । उक्त मन्दिरमा ठूली एकादशीको दिनमा ठूलो मेला लाग्ने गर्दछ ।
विक्रमबाबा मन्दिर चितवन राष्ट्रिय निकुञ्जको कसरा क्षेत्रमा पर्ने यो छानाविहीन मन्दिर थारुको इष्ट देवताको रुपमा परिचित छ । तर पनि केही वर्ष यता आएर यो स्थल सबै जातिको आस्थाको धार्मिक एवं पर्यटकीयस्थल बन्न पुगेको छ । प्रत्येक वर्ष चैतेदसैंको अवसरमा यो मन्दिर क्षेत्रमा लाग्ने गरेको मेलाले वास्तवमा चितवन जिल्लाको पर्यटकीय आकर्षा थपेको छ ।
सिराइचुली महाभारत पर्वत शृंखलाको चितवन जिल्लाको काउले गाविसमा पर्ने सबैभन्दा उच्च स्थान हो, सिराइचुली । विकासको दृष्टिकोणले अति पछाडि परेका नेपालको आदिवासी बासिन्दा चेपाङको बसोबास बाहुल्य रहेको क्षेत्रमा अवस्थित उक्त चुली समुद्री सतहबाट एक हजार नौ सय ४५ मिटर उचाइमा रहेको छ । तर्राईको समथर भूभाग र हिमाली शृंखलालाई सबै ठाउँबाट अवलोकन गर्न सकिने उक्त चुलीका कारण यस क्षेत्रमा पर्यटन प्रवर्द्धनमा उल्लेख्य भूमिका रहेको छ । सिराइचुली सूर्योदय, सूर्यास्त साथै हिमशृंखलाको अवलोनका लागि महत्वपूर्ण स्थानको रुपमा परिचित भइसकेको छ ।
राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वन क्षेत्र एकसिंगे गैंडाका लागि प्रख्याति कमाएको नेपालको चितवन राष्ट्रिय निकुञ्जको प्रमुख द्वार सौराहा पनि पूर्वी चितवन क्षेत्रमा पर्दछ । निकुञ्ज अवलोकनका लागि आउने मध्ये ९० प्रतिशतभन्दा बढी पर्यटक यसै क्षेत्रबाट अवलोकनका लागि प्रवेश गर्दछन् । निकुञ्जमा रहेको नेपालको एकमात्र हात्ती प्रजनन केन्द्र पर्यटक आकर्षणको एक महत्वपूर्ण स्थानको रुपमा विकसित हुँदै आएको छ ।
निकुञ्जभित्र रहेको घडीयाल गोही प्रजनन केन्द्र, कछुवा संरक्षण कार्यक्रम, निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको संग्रहालय, टिकौलीमा बनाइएको जैविक सूचना केन्द्र, बछौलीमा निर्माण गरिएको थारु सांस्कृति संग्रहालय, खोरसोमा रहेको सूचना केन्द्र पर्यटक आकर्षणका अन्य नमुनाहरु हुन् । बीसहजारी ताल विश्व सिमसार क्षेत्रमा सूचीकृत नेपालका सिमसार क्षेत्रमध्येका एक महत्वपूर्ण सिमसार क्षेत्र हो, बीसहजारी ताल ।
चितवन राष्ट्रिय निकुञ्जका चुरे पर्वतदेखि महाभारत पर्वत शृंखला जोड्ने बाटो (कोटीडार)को रुपमा रहेकेा जंगली क्षेत्रमा अवस्थित यस ताल क्षेत्रमा बाघ, गैंडालगयातका जंगली जनावर, विभिन्न प्रकारका चरा, सरिसृप, उभयचर, माछा र कीराहरुको महत्वपूर्ण आश्रयस्थलको रुपमा मानिन्छ ।
त्यस्तै चितवनका आदिवासी जनजाति मध्येको सांस्कृतिक रुपले धनी थारु जातिको रहनसहन, भेषभूषा, संस्कृति र सांस्कृतिक प्रदर्शनी पर्यटकको अर्को आकर्षणको केन्द्र हुन सक्दछ भने, पूर्वी पहाडी क्षेत्रमा रहेको अति सिमान्तकृत आदिवासी जनजातिमध्येको चेपाङ समुदायको सांस्कृतिक रहसहन, पहाडी क्षेत्रका गुरुङ मगर समुदायको संस्कृति, तराइ र नदीकिनाराका बोटे, माझी, मुसहर र दराइ जातिको संस्कृति पनि पर्यटकका लागि थप आकर्षण हुन् ।