Wednesday, November 25, 2009

पोखरा उपत्यका

मध्य नेपाल मा पर्ने पोखरा उपत्यका लाई सेती उपत्यका पनि भन्दछन । नेपालकै दोश्रो ठुलो पोखरा नगर का साथ लेखनाथ नगरपालिका र धेरै गाउं बिकास समिती समेत रहेको पोखरा उपत्यका बाट बिजयपुर कोत्रे, लगायतका खोलाहरू सेती नदी को जलधारामा मीसीएर उपत्यका बाहीर निस्कन्छन । पोखरा उपत्यका तालहरूका लागी धननी उपत्यका हो , फेवा,बेगनास,रूपा खास्टे लगायतका ठुला तथा मैदी दीपाङ,कमलपोखरी लगायत साना तालहरू यो उपत्यका भित्रै रहेका छन ।

वर्तमान नेपाल एकीकरण हुनु अगाडी पोखरा कास्की राज्य अन्तर्गत थियो । ऐतिहासीक कास्कीकोट उपत्यकाका उत्तरी छेउमा रहेको छ । पृथ्वी नारायण शाहका माहिला छोरा नायव वाहादुर शाहाको समयमा पोखरा उपत्यका बर्तमान नेपालमा मिलाइएको हो । पोखरा उपत्यका को पोखरा उपमहानगरपालिका १८६,४१० र लेखनाथ नगरपालिका मा ४६,२२१ जनसंख्या रहेको छ । साथै उपत्यकाका अन्य गांउहरूमा ३५०,००० जती जनसंख्या रहेको छ पोखरा तथा लेखनाथ को मुख्य व्यवसाय पर्यटन हो । यहाका रमणीय तालहरू र सेती नदी हिमाली छायां तथा झरनाहरू प्रमुख पर्यटकीय स्थल हुन । फेवा ताल मा पर्ने माछापुछ्रे को छांया तथा बेगनासमा गरीने डुङगा सवारी बिर्सिनसक्नुका छन । साथै अन्नपुर्ण पदयात्रामार्ग पनि यंही बाट शुरू हुन्छ । साथ साथै पोखरा उपत्यका पश्चिमान्चल नेपालको प्रमुख शिक्षा तथा श्वास्थ केन्द्र पनि हो , नेपालकै प्रख्यात पृथ्वी नारायण क्याम्पस, जनप्रिय क्याम्पस, पोखरा विश्वविधालय तथा अन्य क्यापस तथा विद्यालय रहेको पोखरामा पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरा, मणीपाल मेडीकल कलेज शिक्षण अस्पताल सहित थुप्रै श्वास्थ संस्था रहेका छन।

पोखरा उपत्यका पुर्वमा पृथ्वी राजमार्गका माध्यमले मध्य पहाडी क्षेत्र,काठमाण्डौ उपत्यका मध्य दक्षीणको चितवन उपत्यका तथा पुर्व र पश्चिम नेपालको तराइसँग जोडिएको छ भने सिदार्थ राजमार्गले पोखरालाइ पश्चिम तराई, र केही पहाडी जिल्लासंग तथा धवलागिरी राजमार्गले पश्चिम उत्तरी पहाडी हिमाली क्षेत्रसँग जोडेका छन ।