Saturday, December 18, 2010

नेपालको पुर्वी जिल्ला सखुवासभामा लोक्ता उद्योग

नेपालको पुर्वी जिल्ला सखुवासभाका जल्जला, सिद्धपोखरी र सिद्धकाली गाविसमा पाइने लोक्ता वनस्पतिबाट पहाडे हातेकागज उद्योग खोल्न लागिएको छ ।

प्राप्त समाचार अनुसार, तीन लाख रुपैयाँको लगानीमा साउने सामुदायिक वन र मार्गदेवी वन पैदावर सामुदायिक वनले उद्योग खोल्न लागेका हुन् ।

प्राप्त जानकारी अनुसार, जिल्लाका तामाफोक, मूलखर्क, नुनढाकी, सिद्धकाली, सिद्धपोखरी, मकालु, बार्हबिसे, बालासिसुवा गाविसका सामुदायिक तथा सरकारी वनमा हजारौं रोपनी क्षेत्रफलमा लोक्ता वनस्पति यथेष्ट उम्री सडेर करोडौं रुपैयाँ वाषिर्क रुपमा नोक्सान हुँदै गइरहेको छ ।

No comments:

Post a Comment