Saturday, December 18, 2010

सिद्धकालीमा भक्तजनको भिडलाग्यो

संखुवासभा-
जिल्लाको दक्षिणी गाविस सिद्धकाली- ४ मा अवस्थीत तिर्थस्थल सिद्धकाली
मन्दीरमा बालाचर्तुदशी मेलाको अवसरमा धर्मलम्वी र भक्तजनको भिड लागेको छ ।

प्राचिन काल देखी नै यस मन्दीरमा बालाचर्तुदशीको अवसरमा भव्य मेला लाग्ने
गरॆको छ । भने यस मन्दीरमा धर्मलम्वी र भक्तजनको मेला भर्नेको हजारौ हजार
उपस्थिति रहेको छ । हरेका वर्ष लाग्ने बालाचर्तुदशीको मेलाका अवसरमा मृतका
नाममा आ-आफ्ना सन्ततिले सतविउ राखी रात भरी जागराम वसी भजनकृतन गरी विहान
सिद्धकाली मन्दीरमा पुजा गरी संंगै रहेको कैलास डाडामा गई मृतकको नाममा
सतवीउ छर्ने गर्दछन् । बालाचर्तुदशीको मेला भर्न र मन्दीरको दर्शन गर्न
जिल्ला भरिका भक्तजनहरु र छिमेकी जिल्ला धनकुटा तेह्रथुम ताप्लेजुङ्ग
लागएतका जिल्ला वाट मेला भर्न र मन्दीको दर्शन गर्न हजारौ हजार भक्तजनहरु
आउने गरेको पाईन्छ ।

मन्दीर परिसरमा भक्तजनहरु भजनकृतन गर्नेहरुको पनि उतीकै भिड लाग्ने गर्दछ
। यस वर्ष मेला व्यवस्थीत गर्न र भक्तजनहरुलाई थप मनोरन्जन दिनका लागि
भजनकृतन लोकगित प्रतियोगीता विभिन्न सांगितीक कार्यक्रम आयोजना गरीएको
मेला ःव्यवस्थापन समितीे बताउछ ।

यसरी विभिन्न मनोराजनका कार्यक्रम भएकोले होला यस मेलामा रौनक छाएको एक
भक्तजनले वताए भने गत वर्ष भन्दा यस वर्ष मेलामा भक्तजनको उपस्थिति बढि
रहेको मन्दिरका पुजारी बताउछ । सिद्धकाली मेला संगै नुनढाकी गाविसमा रहेको
तिर्थस्थल तातोपानीमा समेत तातोपानी मेला लाग्ने गर्दछ । यता छिमेकी
जिल्ला भोजपुरको उत्तरी क्षेत्रमा रहेको बालागुरुषडान्दाको मन्दिरमा पनि
बालाचर्तुदशी मेला लाग्ने गरेको छ । यस मेलामा सोलुखुम्वु खोदाङ्ग सुनसरी
धनकुटा संखुवासभा जिल्लावाट मेला भर्न आउने गरेको पाईन्छ । सिद्धकाली
मेलामा यस वर्ष जिल्ला जनस्वास्थ्य कार्यलयको आयोजनामा स्वास्थ्य सम्वन्धि
विभिन्न प्रदर्शनी समेत राखीएको र विभिन्न सरुवा रोगको औषधी समेत वितरण
गरिएको जनस्वास्थ्य स्रोतले जनाएको छ ।

सङ्खुवासभा जिल्ला

विषयसूची

१ जिल्लाको नामाकरण
२ जिल्लाको ऐतिहासिक पृष्ठभूभि
३ भौगोलिक अबस्था
४ प्रमुख नदी, ताल, तलैया
५ प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र
६ व्यापारिक महत्वका स्थानहरु
७ दुर्लभ जीवजन्तुहरु
८ राजनीतिक विभाजन
९ यो पनि हेर्नुहोस्

जिल्लाको नामाकरण

यस जिल्लाको नाम पश्चिमबाट बहने संखुवाखोला र बीचभागबाट बहने सभाखोलाको सन्धि गरी संखुवासभा जिल्ला रहन गएको हो । शुरुमा यी दुई खोला बीचमा पर्ने भू-भागलाई संखुवासभा भनिने गरिन्थ्यो । तिथिमिति एकिन नभएपनि प्रशासनिक हेरफेरले गर्दा निकै समय पछिमात्र हालको संखुवासभा जिल्लाको स्वरुप निर्धारण भएको हो ।
जिल्लाको ऐतिहासिक पृष्ठभूभि वैदिक कालदेखि नै संखुवासभा जिल्लाको महत्व रहदै आएको छ । सो समयमा शिवपार्वतीको कि्रडास्थल मानिने शिवधारा वेदव्यासले भगवान शिवशंकरसंगको प्रार्थनापछि सिद्दिविनायक गौरीपुत्र गणेशको सहयोगमा पोखरीको बीचमा वेदिको निर्माण गरी वेदको लेखन गरेको स्थान सभापोखरी स्वस्थानी व्रतकथामा वर्णित सतीदेवीको देब्रे आँखा पतन भएको स्थान सिद्धकाली जस्ता पौराणिक महत्व भएको स्थलहरुले सोको प्रमाणित गर्दछ ।

एकिकरण पूर्व तीन राज्यमा विभाजित किराँत राज्यमा संखुवासभा जिल्ला पल्लो किराँत अन्तरगत पर्दथ्यो । किराँत कालमा यस जिल्लाका विभिन्न स्थानहरुमा गढि गोला कोट आदि भएको तथ्य हाल सो अनुसार रहेको गाँउहरुको नामाकरण (हटियागोला गढि बजार लोहाकोट आदि) ले पुष्टि गर्दछन् । जस अनुसार गढि तथा कोटमा शासकहरुको दरवार हुने गर्दथ्यो भने गोलामा त्यस ताकाको अन्नपानी तथा हातहतियारको भण्डार रहने गर्दथ्यो । हाल जिल्ला प्रहरी कार्यालय रहेको स्थान जसलाई ढोलबाजे गढि भनिन्थ्यो तथा हाल हेलिप्याड रहेको स्थान सम्याउने कार्य गर्दा फेला परेका चिल्ला वुट्टेदार तथा बलिया ईट्टाहरु त्रिशुल तीर तरवार खुँडा आदिले परापूर्वकालमा उक्त स्थानमा कुनै ठूलो दरवार रहेको तथ्यलाई पुष्टि गर्दछन् । यस्ता गढि गोला तथा कोतहरुमा हेदाङ्गना गढि चैनपुर गोला हटियागोला कोतडाँडा (हाल हिमालय मा.वि. भएको स्थान वानेश्वर गढि आदि प्रसिद्ध रहेका थिए ।

नेपाल राज्यको एकिकरणका क्रममा वि. सं १८३१ वैसाखमा चैनपुरको दक्षिणी भागमा रघुराना लिम्वूको नेतृत्वमा गोर्खाली सेनाहरु र किराँत राज्यका कांगेसोरेको नेतृत्वमा युद्ध भएको प्राप्त तथ्यहरुले यस क्षेत्रको एकिकरण त्यस समय पश्चात भएको पाईन्छ । राणाकालमा यो क्षेत्र धनकुटा गौंडा वडाहाकिमको प्रशासनिक क्षेत्र तथा चैनपुरका न्यायिक क्षेत्रभित्र पर्दथ्यो । त्यसताकाका वस्तीहरुलाई थुम भनिने गरिन्थ्यो र यो जिल्ला भित्र पनि विभिन्न थुमहरु दशमजिया (मादिविर्ता) पाचँ मजिया (खराङ्ग) देखि लिङलिङ दशथर थुम (चैनपुर देखि पोखरीबजार) त्यस्तै पाँच खपन थुम, सभा उत्तर थुम, संखुवा उत्तर थुम आदि पर्दथे ।
[परिवर्तन्]भौगोलिक अबस्था

अक्षांश:- २७’ ०६” देखि २७’ ५५” उत्तर
देशान्तर:- ८६’ ५७” देखि ८७’ ४०” पूर्व
सिमाना:- पुर्वमा ताप्लेजुङ्ग, तेह्रथुम,पश्चिममा संखुवासभा र सोलुखुम्बु,उत्तरमा चीनको तिब्बत, दक्षिणमा धनकुटा र संखुवासभा
क्षेत्रफल ३४६८.१७ वर्ग कि.मि.
औसत लम्बाइ:- .... उत्तर– दक्षिण
औसत चौडाइ:- ..... पूर्व– पश्चिम
भौगोलिक बिभाजन हिमाली क्षेत्र
सवभन्दा अग्लो स्थान:- ८,४६३ मिटर (मकालु हिमाल, विश्वको पाँचौं सर्बोच्च शिखर)
सवभन्दा होचो स्थान:- ४५७ मिटर (अरुण उपत्यका, संसारको सबैभन्दा होचो उपत्यका)
सदरमुकाम:- खाँदबारी
प्रमुख नदी, ताल, तलैया

अरुणनदी, बरुण हिमनदी संखुवाखोला, सभाखोला, पिलुवाखोला, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा,कासुवा, सिसुवाखोला, सभापोखरी, गुफापोखरी, सिद्धपोखरी, पोप्तीपोखरी लालपोखरी मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी, मुलुङ्गपोखरी, छावापोखरी आदि ।
[परिवर्तन्]प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र

मनकामना, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ, शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा मकालु प्रथम (८४६३ मी.), मकालु दोस्रो (७६७८ मी.), वरुनत्से (७१२९ मी.), चाम्लाङ्ग (७३१९ मी.), हिमचुली (६४२४ मी.), कुम्भकर्ण (७१२९ मी.), मकालु बरुण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका,मिल्के डाडाँ आदि ।

व्यापारिक महत्वका स्थानहरु

खाँदबारी, तुम्लिङ्टार, बैरेनी, चैनपुर, खराङ, त्रिबेणीबजार (बाह्रबिसे , जलजला, सित्तलपाटी, मादिओखरबोटे, आँखिभूईं, सिसुवाटार, सेदुवा मकालु, मुढेशनिश्चरे, किमाथान्का, गुफापोखरी आदि ।

दुर्लभ जीवजन्तुहरु

रुखभालु, पाण्डा, ओत, हिमभालु, हिमचितुवा, बाघ, घोरल, झारल, मृग, चित्तल, हरिण, खरायो, काँडे भ्याकुर, झिंगे फिस्टो, पखेंटे भ्याकुरो आदि ।

नेपालको पुर्वी जिल्ला सखुवासभामा लोक्ता उद्योग

नेपालको पुर्वी जिल्ला सखुवासभाका जल्जला, सिद्धपोखरी र सिद्धकाली गाविसमा पाइने लोक्ता वनस्पतिबाट पहाडे हातेकागज उद्योग खोल्न लागिएको छ ।

प्राप्त समाचार अनुसार, तीन लाख रुपैयाँको लगानीमा साउने सामुदायिक वन र मार्गदेवी वन पैदावर सामुदायिक वनले उद्योग खोल्न लागेका हुन् ।

प्राप्त जानकारी अनुसार, जिल्लाका तामाफोक, मूलखर्क, नुनढाकी, सिद्धकाली, सिद्धपोखरी, मकालु, बार्हबिसे, बालासिसुवा गाविसका सामुदायिक तथा सरकारी वनमा हजारौं रोपनी क्षेत्रफलमा लोक्ता वनस्पति यथेष्ट उम्री सडेर करोडौं रुपैयाँ वाषिर्क रुपमा नोक्सान हुँदै गइरहेको छ ।

दन्तकालीदेखि सिद्धकाली जाऔँ यसैपालि

संखुवासभा जिल्लाको पुरानो चैनपुर बजार धरानबाट १४० किलोमिटर दूरीमा पर्दछ । कोशी राजमार्गमा पर्ने रमणीय स्थानहरू भेडेटार, धनकुटा, हिले, वसन्तपुर हेर्दै करिब ७ घण्टाको बसयात्रापछि चैनपुर पुग्न सकिन्छ । विराटनगरबाट हवाईमार्ग प्रयोग गर्न चाहनेका लागि भने करिब २० मिनेटको उडानपछि तुम्लिङटार पुगेपछि गाडीबाट डेढ घण्टामा २८ किलोमिटरको यात्र तय गरेर चैनपुर पुग्न सकिन्छ । अनि तपाईं काठमाडौँमा हुनुहुन्छ र बसको लामो यात्रा तपाईंका लागि अनुकूल हुँदैन भने काठमाडौँ-तुम्लिङटारको हवाईयात्रा छान्ने विकल्प पनि छ । करिब ४५-५० मिनेटको हवाई यात्रासहित अढाई घण्टाको छोटो समयमै काठमाडौँको जञ्जाल र कोलाहलबाट सुन्दर, शान्त, पहाडी बजारमा तपाईं आफूलाई पाउनु हुनेछ । कल्पना गर्नुस् कति आनन्द हुनेछ कति अनौठो लाग्नेछ ।

यही २०६६ माघ २८, २९ र फागुन १ गते ३ दिन संखुवासभा जिल्लाको चैनपुरमा आयोजना हुने 'चैनपुर महोत्सव' तपाईंको लागि चैनपुर जाने एउटा उत्तम अवसर हुनेछ । चैनपुर छाडेर बाहिर बस्नु हुने तपाईं चैनपुरेहरू सोच्नुहोस्, त्यसबेला तपाईंको आफन्त, साथी-सङ्गी, इष्टमित्रसँग पुरानो स्मरण साट्न र चैनपुरका विगतका रमाइला क्षणहरूको अनुभूति चैनपुरमै गर्न पाउनु हुनेछ ।

पहिलोपटक चैनपुर पुग्नु हुनेहरूलाई चैनपुरले आनन्दित तुल्याउनेछ । भादगाउँ, पाटन आदि क्षेत्रबाट आइबसेका नेवार समुदायका शाक्य र श्रेष्ठहरूको बाहुल्य रहेको बजारमा भादगाउँ र पाटनकै झल्को पाउनु हुनेछ । पङ्क्तिबद्ध भई दोहोरो लङमा उभिएका घरहरूको आँगनमा ओछ्याइएका ठूला ठूला चेप्टा ढुङ्गाले बजारलाई सुन्दर र सफा बनाएका छन् जसले तपाईंको पनि मन पक्कै लोभ्याउनेछ । त्यस्तै बजार र बजार वरिपरि रहेका बाहुन, क्षेत्री, राई, लिम्बू, तामाङ, विश्वकर्मा, दमाई र सार्की जस्ता विभिन्न जातजातिको मिश्रति समाजले यस ठाउँलाई साँच्चिकै पूर्ण र जीवन्त बनाएको छ । यो हिन्दु, बौद्ध, किराँत र अन्य धर्मावलम्बीहरूको सहिष्णु र स्वावलम्बी समाजको एउटा अनुपम उदाहरण पनि हो ।

यो महोत्सवले तपाईंलाई यी सबै जातजातिको धार्मिक र सांस्कृतिक पक्षको अवलोकन गर्ने अवसर प्रदान गर्नेछ । ती जातजातिका भेषभूषा, लोकगीत, लोकनृत्य र स्थानीय स्वादका खानाका परिकारले तपाईंलाई सन्तुष्टि प्रदान गर्नेछन् । साथै यो छोटो अवधिमा त्यस भेगकै सिङ्गो समाजलाई नियाल्न र वर्षभरिकै चाडपर्व, जात्रा-मेला, हाट-बजार आदिको झलक देख्न सक्नुहुनेछ । लाखे, मारुनी, धाननाच, पञ्चैबाजा जस्ता थुप्रै मौलिक प्रस्तुतिले मनोरञ्जन प्रदान गर्नेछ ।

यो अवसरमा यस क्षेत्रकै कृषि उत्पादन, वनपैदावर, घरेलु उद्योगका उत्पादन, लोक्ता -नेपाली कागज) अल्लो, रुद्राक्ष, पाँचऔँले, यार्सागुम्बा, अलैँची, माछा, सख्खर, कुराउनी, घिउ, करुवा, पानस, खुकुरी, डोको, डालो आदि तपाईंका लागि आकर्षक वस्तु हुनेछन् ।

मकालु हिमशृङ्खलाको सुन्दर दृश्यले शीतलता प्रदान गर्नेछ भने बजार छेवैमा रहेका रोमाञ्चक एवं धार्मिक आस्थाका प्राकृतिक गुफाहरूको यात्रा पनि कम रोचक हुने छैनन् । यदि तपाईं पदयात्रा गर्न मन पराउनु हुन्छ र हल्का जोरजाम गर्न सक्नुहुन्छ भने चैनपुरबाट र्फकंदा वा चैनपुर जाँदा नूनढाकीको तातोपानी, गुफा पोखरीको मनोरम दृश्य र ढकमक्क डाँडै ढाकिएको मिल्केको लालीगुराँस हेर्दै र रमाउँदै घुम्ने मौका नचुकाउनु होस् ।

श्री स्वस्थानी व्रतकथामा उल्लेखित सतीदेवीको दाहिने आँखा पतन भएको यस स्थानमा दशदिक्पालले तपस्या गरी प्रकारेश्वर महादेव उत्पत्ति भई स्थापना भएको पवित्र धार्मिकस्थल श्री सिद्धकालीको दर्शन गर्न सकिनेछ । यो स्थान चैनपुर बजारबाट एक घण्टाको पैदलयात्राबाट सजिलै पुग्न सकिन्छ । यो अवसरले शक्तिपीठहरूको दर्शन गर्ने जीवनको धोको पूरा हुनेछ । भनिन्छ विभिन्न शक्ति पीठहरूको दर्शनपछि सिद्धकालीको दर्शन गरे सिद्धि प्राप्त हुनेछ । धरानको दन्तकाली दर्शन गरी सिद्धकालीको दर्शनमा जानुस् तपाईंको मनोकामना पूरा हुनेछ । 'दन्तकाली टु सिद्धकाली, जाऔँ यसैपालि ।

चैनपुर महोत्सवकै व्यवस्थापनका क्रममा स्थानीय महिला समूहका सदस्यलाई पाहुनालाई वास दिन, सत्कार गर्न, मीठो पकाउन र घर आँगन सफा राख्न अनुरोध गर्दा मन पनि सफा राख्ने वचन दिनुभएको छ । साँच्चै उहाँहरूको उत्साह र उमङ्गले साकार रूप लेओस् । चैनपुरले पर्यटन वर्ष २०११ को अवसरमा नयाँ पर्यटनको थलो बन्ने जमर्को गर्दैछ, तपाईं पनि साथ दिनुहोस् । 'सबै जुटौँ चैनपुरलाई सुन्दर र समृद्ध बनाआँै । चैनपुर जाआँै ।

Wednesday, November 25, 2009

पोखरा उपत्यका

मध्य नेपाल मा पर्ने पोखरा उपत्यका लाई सेती उपत्यका पनि भन्दछन । नेपालकै दोश्रो ठुलो पोखरा नगर का साथ लेखनाथ नगरपालिका र धेरै गाउं बिकास समिती समेत रहेको पोखरा उपत्यका बाट बिजयपुर कोत्रे, लगायतका खोलाहरू सेती नदी को जलधारामा मीसीएर उपत्यका बाहीर निस्कन्छन । पोखरा उपत्यका तालहरूका लागी धननी उपत्यका हो , फेवा,बेगनास,रूपा खास्टे लगायतका ठुला तथा मैदी दीपाङ,कमलपोखरी लगायत साना तालहरू यो उपत्यका भित्रै रहेका छन ।

वर्तमान नेपाल एकीकरण हुनु अगाडी पोखरा कास्की राज्य अन्तर्गत थियो । ऐतिहासीक कास्कीकोट उपत्यकाका उत्तरी छेउमा रहेको छ । पृथ्वी नारायण शाहका माहिला छोरा नायव वाहादुर शाहाको समयमा पोखरा उपत्यका बर्तमान नेपालमा मिलाइएको हो । पोखरा उपत्यका को पोखरा उपमहानगरपालिका १८६,४१० र लेखनाथ नगरपालिका मा ४६,२२१ जनसंख्या रहेको छ । साथै उपत्यकाका अन्य गांउहरूमा ३५०,००० जती जनसंख्या रहेको छ पोखरा तथा लेखनाथ को मुख्य व्यवसाय पर्यटन हो । यहाका रमणीय तालहरू र सेती नदी हिमाली छायां तथा झरनाहरू प्रमुख पर्यटकीय स्थल हुन । फेवा ताल मा पर्ने माछापुछ्रे को छांया तथा बेगनासमा गरीने डुङगा सवारी बिर्सिनसक्नुका छन । साथै अन्नपुर्ण पदयात्रामार्ग पनि यंही बाट शुरू हुन्छ । साथ साथै पोखरा उपत्यका पश्चिमान्चल नेपालको प्रमुख शिक्षा तथा श्वास्थ केन्द्र पनि हो , नेपालकै प्रख्यात पृथ्वी नारायण क्याम्पस, जनप्रिय क्याम्पस, पोखरा विश्वविधालय तथा अन्य क्यापस तथा विद्यालय रहेको पोखरामा पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरा, मणीपाल मेडीकल कलेज शिक्षण अस्पताल सहित थुप्रै श्वास्थ संस्था रहेका छन।

पोखरा उपत्यका पुर्वमा पृथ्वी राजमार्गका माध्यमले मध्य पहाडी क्षेत्र,काठमाण्डौ उपत्यका मध्य दक्षीणको चितवन उपत्यका तथा पुर्व र पश्चिम नेपालको तराइसँग जोडिएको छ भने सिदार्थ राजमार्गले पोखरालाइ पश्चिम तराई, र केही पहाडी जिल्लासंग तथा धवलागिरी राजमार्गले पश्चिम उत्तरी पहाडी हिमाली क्षेत्रसँग जोडेका छन ।

Tuesday, November 24, 2009

Darjeeling

The Darjeeling urban agglomeration consists of Darjeeling Municipality and the Pattabong Tea Garden. Established in 1850, the Darjeeling municipality maintains the civic administration of the town, covering an area of 10.57 km2 (4.08 sq mi).The municipality consists of a board of councillors elected from each of the 32 wards of Darjeeling town as well as a few members nominated by the state government. The board of councillors elects a chairman from among its elected members;[2] the chairman is the executive head of the municipality. The Gorkha National Liberation Front (GNLF) at present holds power in the municipality. The Gorkha-dominated hill areas of the whole Darjeeling district is under the jurisdiction of the Darjeeling Gorkha Autonomous Hill Council since its formation in 1988. The DGHC's elected councillors are authorised to manage certain affairs of the hills, including education, health and tourism. The town is within the Darjeeling Lok Sabha constituency and elects one member to the Lok Sabha (Lower House) of the Indian Parliament. It elects one member in the West Bengal state legislative assembly, the Vidhan Sabha. The Bharatiya Janata Party's Jaswant Singh won the parliamentary election in 2009, while the state assembly seat was won by GNLF in the 2006 polls. Darjeeling town comes under the jurisdiction of the district police (which is a part of the state police); a Deputy Superintendent of Police oversees the town's security and law affairs. Darjeeling municipality area has two police stations at Darjeeling and Jorebungalow.